शिवसताक्षी– शिवसताक्षी नगरपालिका-६ ज्येष्ठ नागरिक समितिको अध्यक्षमा चक्र लुईटेल पुनः सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न समितिको १५ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले लुईटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा दीपक बुढाथोकी र रमादेवी लुईटेल, सचिवमा पदम खड्का, सहसचिवमा चन्द्र घिमिरे तथा कोषाध्यक्षमा सोमनाथ न्यौपाने चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष मनोज खुलाल कार्कीले ज्येष्ठ नागरिक भवनलाई अग्रजहरूको भेटघाट, सामाजिक गतिविधि र मनोरञ्जनको केन्द्रका रूपमा विकास गरिने बताए ।
साधारण सभाको अवसरमा ज्येष्ठ नागरिकहरूलाई खिर खुवाएर सम्मानसमेत गरिएको थियो ।


















