बिर्तामोड-झापाका प्रतिभाशाली युवा पत्रकार राजेन्द्र गौतम नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
नेपाल प्रेस युनियनको केन्द्रीय समितिले विधानअनुसार गौतमलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको हो । युनियनका अध्यक्ष शिव लम्सालद्वारा जारी प्रेस विज्ञप्तिमार्फत मनोनयनको जानकारी सार्वजनिक गरिएको छ ।
अढाइ दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय गौतम झापामा रहेर व्यावसायिक, जिम्मेवार र जनपक्षीय पत्रकारितामार्फत आफ्नो अलग पहिचान बनाउन सफल पत्रकार हुन् ।
सञ्चार क्षेत्रको विकास, प्रेस स्वतन्त्रताको संरक्षण तथा पत्रकारहरूको हकहितका विषयमा पनि उनी निरन्तर सक्रिय रहँदै आएका छन् ।


















