८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

आम्दा मेची अस्पतालमा शवगृह बनाउने तयारी




मेचीनगर-धुलाबारीस्थित आम्दा मेची अस्पतालमा पहिलोपटक शवगृह निर्माण हुने भएको छ । मेचीनगर-१२ का समाजसेवी राजन चिमरियाको करिब ९ लाख रुपैयाँ आर्थिक सहयोगमा अस्पताल परिसरमा एकैपटक चार शव राख्न सकिने क्षमताको शवगृह निर्माण गरिने भएको हो ।

बिहीबार अस्पताल विकास समितिको पहिलो बैठकले शवगृह सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले कार्यविधि तयार गरेपछि अस्पताल सञ्चालक समिति र दाता परिवारबिच सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाइने निर्णय भएको छ ।

दाता चिमरियाले गतवर्ष आफ्नो जन्मदिनको अवसरमा मेचीनगरमा शवगृह निर्माण गर्ने घोषणा गरेका थिए । सोही प्रतिबद्धताअनुसार आम्दा मेची अस्पतालमा साउनभित्र शवगृह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार ००:००  ६ : ०२ बजे