१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

स्वदेशमै रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : वैद्य



झापा– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले आर्थिक समृद्धि, लगानी प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन ।

बिर्तामोड उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले स्थायी सरकारको उपलब्धिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने, निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

साथै, पूँजीगत खर्च वृद्धि, सुशासन र व्यवसायमैत्री नीति आवश्यक रहेको उनको भनाइ थियो । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा व्यवसायी चान मोहम्मदउमाकान्त ढुङ्गेल तथा उत्कृष्ट सञ्चारकर्मीका रूपमा इन्द्रसिंह राजवंशीअच्युत सुवेदीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार ००:००  ८ : ३१ बजे