१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

आइडियल एकाउन्टिङले पायो दुई एवार्ड



झापा-लेखा तथा व्यवसाय व्यवस्थापनसम्बन्धी प्रविधिमूलक सेवा प्रदान गर्दै आएको आइडियल एकाउन्टिङ सोलुसन्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ का लागि Growth Leader AwardValue Creator Award प्राप्त गरेको छ ।

लेखा व्यवस्थापन प्रविधि तथा सेवा क्षेत्रमा उल्लेखनीय योगदान, सेवा विस्तार, नवीन व्यावसायिक समाधान र प्रभावकारी कार्यान्वयनका आधारमा कम्पनीलाई सम्मान गरिएको हो। सम्मान कम्पनीका सञ्चालक राजनारायण साहले ग्रहण गरेका थिए ।

कम्पनीले सम्मानलाई ग्राहक, व्यावसायिक सहकार्यकर्ता र कर्मचारीको विश्वास तथा सहयोगको प्रतिफल भएको जनाएको छ । आगामी दिनमा सेवा प्रवाहलाई थप प्रविधिमैत्री, प्रभावकारी र परिणाममुखी बनाउँदै नवप्रवर्तनलाई प्राथमिकता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार ००:००  १२ : २९ बजे