३ असार २०८३, बुधबार | Wed Jun 17 2026

अर्जुनधारामा तीनदिने रोजगार मेला सुरु



बिर्तामोड-अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजना र अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा शनिश्चरे चौकमा तीनदिने रोजगार मेला सुरु भएको छ । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेको मेलामा करिब १८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

मेलामा रोजगार, कृषि, शिक्षा, स्वास्थ्य, घरेलु उत्पादन, मोबाइल तथा मोटरसाइकल सम्बन्धी एक दर्जनभन्दा बढी स्टल राखिएका छन् । बेकरी र इलेक्ट्रीसियनलगायतका सीपमूलक तालिमसमेत सञ्चालन गरिनेछ ।

आयोजकका अनुसार मेलाले बेरोजगार युवायुवतीलाई रोजगारी र सीप विकासका अवसरसँग जोड्दै स्वरोजगारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ । साथै, साँझ सांस्कृतिक कार्यक्रम र धार्मिक पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधि पनि सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार ००:००  १० : २१ बजे