२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एकैदिन तोलामा १० हजार घट्यो सुनको भाउ



काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन तोलामा १० हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

साताअघि बुधबार भने सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्यमा उल्लेख्य गिरावट आएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

गत बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३७० रुपैयाँ रहेको थियो । एक साताको अवधिमा चाँदीको मूल्य पनि उल्लेख्य रूपमा ओरालो लागेको देखिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार ००:००  १२ : ५६ बजे