६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सभामुख अर्याल बालेनको इच्छा पूरा गर्ने औजार बने : घिमिरे



झापा- पूर्व सभामुख देवराज घिमिरेले सरकार निरंकुशताको बाटोमा अघि बढेको आरोप लगाएका छन् । मंगलबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने सरकारी नीति ‘लोकतन्त्र कमजोर बनाउने उद्देश्यबाट प्रेरित रहेको’ टिप्पणी गरे ।

उनले संसदको ‘चीरहरण’ भइरहेको आरोप लगाउँदै सरकारले संसदलाई आफूअनुकूल निर्णय गराउने माध्यमका रूपमा मात्रै उपयोग गर्न खोजेको बताए । ‘संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने गतिविधि बढिरहेका छन्’, उनले भने ।

घिमिरेले सभामुख डीपी अर्यालप्रति पनि असन्तुष्टि जनाए । उनले सभामुख अर्याल ‘बालेनको इच्छा पूरा गर्ने औजार’ का रूपमा प्रस्तुत भइरहेको आरोप लगाए । संसदीय मर्यादा र निष्पक्षताको ख्याल नगरेको भन्दै उनले सभामुखको भूमिकाप्रति कडा आपत्ति प्रकट गरे ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार ००:००  २ : २८ बजे