३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

हारलाई सङ्कल्पमा बदल्नु पर्छ : महासचिव पोखरेल



झापा-एमाले महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, नयाँ सङ्कल्पमा बदल्नुपर्ने बताएका छन् ।

जेठ ३ गते मनाइने मदन-आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले संगठनले हारबाट शिक्षा लिएर थप सशक्त रूपमा अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा प्रत्येक वर्ष स्मृति दिवस मनाउँदै आएको उल्लेख गर्दै यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको जानकारी दिए ।

‘निर्वाचनमा हारको पीडा अनुभूति भएन भने माथि उठ्न सकिँदैन’, उनले भने, ‘हारलाई निराशामा बदल्न दिनु हुँदैन, त्यसलाई सङ्कल्पमा रूपान्तरण गर्नुपर्छ ।’

पोखरेलले पार्टी कमिटी र जनसंगठनलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिँदै प्रत्येक कार्यकर्ताले पुनः विजय हासिल गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार ००:००  ५ : २३ बजे