११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सभामुख अर्याल र पूर्वसभामुखबीच भेटवार्ता



काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र पूर्वसभामुखद्वय देवराज घिमिरे तथा अग्निप्रसाद सापकोटाबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

सभामुखमा निर्वाचित भएपछि उनीहरूबीच पहिलो औपचारिक भेट भएको हो । भेटमा संसदीय अभ्यास, विगतका अनुभव आदान-प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन तथा विधायन प्रक्रियालाई सुदृढ बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि चैत २६ गते सभामुख अर्यालले राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल सँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ००:००  २ : ०३ बजे