ताप्लेजुङ-पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुन महिनामा भक्तजनले पाथीभरा मन्दिरमा ३१ लाख १० हजार भेटी चढाएका छन् ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार मन्दिरमा चढाइएको भेटी समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी सुरक्षित रूपमा लाहाछाप लगाएर फेदीसम्म ल्याइन्छ ।
त्यसपछि करिब एक सातापछि उक्त रकम सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याई प्रहरी र सिसीटिभीको निगरानीमा गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको छ ।
समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुनमा १८ हजार ६५२ भक्तजनले पाथीभरा मन्दिरमा दर्शन गरेका छन् । देश–विदेशबाट वर्षभरि हजारौँ भक्तजन यहाँ आउने गरेका छन् ।


















