२० असार २०८३, शनिबार | Sun Jul 5 2026

रास्वपाले टुंग्यायो समानुपातिक सूची



काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका ५७ जना उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिएको छ ।

मंगलबार बसेको पार्टीको सचिवालय बैठकले समावेशी क्लस्टरका आधारमा नामावली तय गरेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार चयन गरिएका ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुष रहेका छन् ।

रास्वपाले यसपटक महिला प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिएको देखिन्छ । रास्वपाले यी नामावली आजै निर्वाचन आयोगमा पेश गर्ने तयारी गरेको छ ।

यद्यपि, आयोगमा बुझाइएका व्यक्तिहरूको विस्तृत विवरण भने अहिले नै सार्वजनिक गरिएको छैन । प्रवक्ता झाले निर्वाचन आयोगले नामावली रुजु गरेर स्वीकृत गरेपछि मात्रै आधिकारिक रूपमा नामावली सार्वजनिक गरिने जानकारी दिए ।

आयोगको मापदण्ड र समावेशी सिद्धान्तको जाँचबुझपछि मात्र उम्मेदवारहरूको नाम बाहिर आउनेछ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार ००:००  २ : ०० बजे