२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

समानुपातिक सूची टुंग्याउन एमाले सचिवालय बैठक



काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। समसामयिक राजनीतिक अवस्था, प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा समानुपातिक सांसद सिफारिसका लागि सूची टुंग्याउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा दिउँसो १ बजे बैठक बस्ने एमालेले जनाएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेको छ। निर्वाचन आयोगले भने क्लस्टर अनुसार समानुपातिक सांसदको नामावली बुझाउन राजनीतिक दलहरूलाई तीन दिनको समय दिएको छ।

बैठकमा समानुपातिक सांसद सिफारिसका लागि नामावली टुंग्याउने तथा निर्वाचन परिणामको समग्र समीक्षा गर्ने विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार ००:००  ११ : ०० बजे