१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

जेनजी आन्दोलन : आयोगले बुझायो सरकारलाई प्रतिवेदन



काठमाडौँ-भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको छ ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई घटनाको विस्तृत विवरण सहितको प्रतिवेदन बुझाएको हो ।

आयोगका सदस्य विज्ञानराज शर्माले जेनजी आन्दोलनमा राज्यपक्षबाट भएको दमन र त्यसको भोलिपल्ट भएको विध्वंसकाे छुट्टाछुट्टै अध्ययन गरी दोषीलाई कारबाही सिफारिस गरिएको बताए ।

शर्माका अनुसार आन्दोलनमा तत्कालीन सरकारका तर्फबाट कसरी बल प्रयोग गरियो भन्ने सम्बन्धमा समेत प्रतिवेदनमा विस्तृतमा खुलाइएको छ ।

दुई दिनका ती घटनाको सम्बन्धमा छुट्टाछुट्टै अध्ययन गरिएको छ । आन्दोलनका क्रममा ठूलो मानवीय क्षति हुनुका साथै भदौ २४ मा संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायतका सरकारी र निजी संरचनामा आगजनी र लुटपाट गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार ००:००  १२ : ५६ बजे