१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

निवर्तमान सभामुख देवराज घिमिरेद्वरा बाल कल्याण आधारभूत विद्यालयबाट मतदान



बिर्तामोड

निवर्तमान सभामुख देवराज घिमिरेले झापाको अर्जुनधारा नगरपालिका–६ स्थित बाल कल्याण आधारभूत विद्यालय बाट मतदान गर्नुभएको छ।

उहाँले आज बिहान मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो ।
मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा जनताको मत नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो।

उहाँले देशमा शान्ति र स्थिरता कायम गर्नका लागि मतदाताले जिम्मेवारीपूर्वक आफ्नो मताधिकार प्रयोग गर्ने विश्वास व्यक्त गर्दै त्यसका लागि परिणामको प्रतीक्षा गर्नुको विकल्प नभएको बताउनुभयो।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार ००:००  ७ : ३० बजे