२० असार २०८३, शनिबार | Sun Jul 5 2026

सवारी दुर्घटनामा काँकडभिट्टाकी महिलाको मृत्यु



बिर्तामोड-सवारी दुर्घटनामा घाइते भएकी एकजना महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ७ की ५४ वर्षीय कल्पना भण्डारी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा भण्डारीको आज बिहान मृत्यु भएको हो ।

माघ ११ गते काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र प्रदेश १-०१-०१७ प ४२६५ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

मेचीनगर-७ नमुना टोलको भित्री सडक खण्डमा भएको दुर्घटनामा स्थानीय भोजराज भण्डारी र उनकी श्रीमती कल्पना घाइते भएका थिए ।

प्रहरीले मोटरसाइकल चालक मेचीनगर ६ का ४३ वर्षीय युवराज मुखियालाई नियन्त्रणमा लिएर इलाका प्रहरीका कार्यालय काँकडभिट्टाकाे हिरासतमा राखेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बुधबार ००:००  १ : ४८ बजे