६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

झापा आइपुगे एमाले अध्यक्ष ओली



झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गर्न अध्यक्ष ओली भर्खरै झापा उत्रिएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।

भद्रपुर विमानस्थलमा भर्खरै अवतरण गरेका पूर्व प्रधानमन्त्री ओलीलाई एमालेका नेता कार्यकर्ताले स्वागत गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार ००:००  १२ : ३२ बजे