झापा-नेपालका वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । बजारमा उच्च तरलता रहेको र कर्जाको माग न्यून रहेकाले बैंकहरूले ब्याजदर घटाएका हुन् ।
पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४.६८४५ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघमा ५.५ प्रतिशतमा कायम भएको छ ।
ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ५.५ प्रतिशत ब्याजदर तय गरेको छ । पुसको तुलनामा माघमा ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ ले स्थिर राखेका छन् ।
अधिकांशले ब्याजदर घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।















