६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

जेनजी आन्दोलनका शहीदको सूची राख्न निर्देशन



काठमाडौ- गृह मन्त्रालयले २३ र २४ भदौमा सञ्चालित जेनजी आन्दोलनका क्रममा निधन भएका ४५ जनाको नाम शहीदको सूचीमा समावेश गरी जिल्ला प्रशासन कार्यालयहरूमा राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले जारी गरेको परिपत्रमार्फत सबै जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त आन्दोलनमा ज्यान गुमाएका ती ४५ जनाको नामावली आफ्नो कार्यालयमा राख्न सूचित गरेको हो ।

उनीहरूलाई ‘जेनजी सुशासन योद्धा’ को सम्मान दिँदै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा तीन दिनभित्र नामावली राख्न भनिएको छ । यो निर्णय गृहमन्त्रीस्तरीय बैठकबाट आइतबार मात्रै सम्पन्न भएको हो ।

मन्त्रालयका शाखा अधिकृत पदमबहादुर खत्रीद्वारा हस्ताक्षरित पत्रमा सबै प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयलाई सम्बोधन गर्दै तीन दिनको समयसीमाभित्र नामावली राख्ने निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, सोमबार ००:००  ३ : ०२ बजे