६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

साथीको घाँटीमा खुकुरी हान्ने राई पक्राउ



दमक-खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलडाँगी शरणार्थी शिविरका ४८ वर्षीय मंगल सिंह राई रहेका छन् ।

शरणार्थी शिविरका प्रदीप विश्वकर्मालाई सामान्य वादविवादका क्रममा खुकुरीले घाँटीको बायाँ साइडमा काटेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको हो ।

घाइते विश्वकर्माको दमक अस्पतालमा उपचार भइरहेको छ । राईलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार ००:००  ३ : ३९ बजे