७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

महामन्त्री थापाद्वारा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा



झापा-महाधिवेशनको मिति घोषणा भए लगत्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै महामन्त्री थापाले उम्मेदवारी घोषणा गरेका हुन् । महाधिवेशन मिति घोषणा भएपछि पहिलोपटक अन्तर्वार्ता दिएका थापाले सभापतिमा उठ्ने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेसका बहुसंख्यक नेता कार्यकर्ताले पन्ध्रौँ महाधिवेशनबाट पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिने कुरामा आफू ढुक्क रहेको बताए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले दुई दिन अघि पुष २७ देखि महाधिवेशन आयोजना गर्ने निर्णय गर्दै पूर्व तयारी सहितको कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार ००:००  ३ : २६ बजे