२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

कार्तिक २९ गते बिर्तामोडमा जनसभा गर्ने एमालेको तयारी



बिर्तामोड-नेकपा एमालेले कार्तिक २९ गते झापाको बिर्तामोडमा जनसभा आयोजना गर्ने तयारी गरेको छ । संसद पुनस्थापनाको मुद्दालाई केन्द्रमा राखेर एमालेले जनसभा आयोजना गर्ने तयारी गरेको हो ।

संसद पुनस्थापनाको माग गर्दै एमाले देशव्यापी सडक संघर्षमा छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले अरु धेरै पार्टीलाई अलमलमा पारिरहेका बेला एमाले संसद पुनस्थापनाको मुद्दा बोकेर हिँडिरहेको हो ।

झापाका हरेक वडामा एमालेले जागरण अभियान सम्पन्न गरिसकेको छ । पार्टी सदस्यको क्रियाशीलतालाई पूर्ववत अवस्थामा फर्काउँदै उनीहरूको मनोबल उच्च बनाउने नीति बमोजिम अभियान सञ्चालन भइरहेका छन् ।

वडा तह हुँदै नगर कमिटीहरूले एकपछि अर्को गर्दै झापामा श्रृङ्खलाबद्ध रूपमा जागरण अभियान चलाइरहेका छन् । जनसभामा व्यापक सहभागिता जुटाउने गरी तयारी भइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार ००:००  ९ : ३२ बजे