झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । आजको केन्द्रीय कमिटी बैठकमा ओलीले महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।
मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न अध्यक्ष ओलीको प्रस्ताव छ । अध्यक्ष ओलीको प्रस्ताव उपर छलफल गर्दै केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रुपमा टुंगो लगाउने छ ।














