२६ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025

व्यवसायी सदस्य राहत कोषमा डालमियाको सहयोग



झापा-नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ मा आर्थिक सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर डालमियाले राहत कोषमा २५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई केन्द्रीय सदस्य डालमियाले सोमवार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै डालमियाले सबै व्यवसायीको हितका लागि साझा कामको सुरुवात भएको भन्दै खुशी व्यक्त गरेका छन् । एक वर्षअघि संघले एक करोडको लक्ष्यसहित राहत कोष स्थापना गरेको थियो ।

बिर्तामोडस्थित वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा कोषमा रकम प्रदान गर्ने डालमियालाई कदरपत्रद्वारा सम्मान गरिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार ००:००  ११ : ४५ बजे