२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

प्रहरीद्वारा ओली र लेखकविरुद्ध जारी दर्ता गर्न अस्वीकार : बिच्किएर हिँडे गुरुङ, बिटका प्रहरी फिर्ता बोलाइयो



काठमाडौँ– जेनजी आन्दोलनको अगुवा भनिएका सुदन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै सामाजिक सञ्जालमा गुरुङले अभियान सञ्चालन गरेका थिए । लगत्तै सोमबार साँझ जाहेरी लिएर गुरुङ जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका हुन् ।

तर, प्रहरीले जाहेरीपूर्वक नआएको जनाउँदै दर्ता गर्न अस्वीकार गरेको छ । आन्दोलनका क्रममा राज्यपक्षबाट भएको बल प्रयोगबारे छानबिन गर्न सरकारले आयोग बनाएकाले जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको हो ।

आयोगले प्रदर्शनमा तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारको भूमिकाबारे समेत अध्ययन गरिरहेको छ । गुरुङले भने सोमबार साँझ नै ओली र लेखकलाई पक्राउ गर्नुपर्ने जिकिर दोहोर्‍याएका छन् ।

गृह प्रशासनले सरकारद्वारा गठित आयोगले काम गरिरहेकाले प्रक्रियागत रुपमा मात्रै कारबाही प्रक्रिया अघि बढ्ने जनाउँदै आएको छ । तर, गुरुङ यसमा सहमत छैनन् ।

प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि गुरुङ रिसाएर हिँडेको जनाइएको छ । उनले सडकबाटै देखाइदिन्छौं भन्दै प्रहरी समक्ष आक्रोश व्यक्त गरेका छन् ।

गुरुङको आक्रोशित प्रतिक्रियापछि प्रहरीले सम्पूर्ण वृत्तलाई फिर्ता बोलाएको छ । काठमाडौँ उपत्यका प्रहरी परिसरले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएको हो ।

काठमाडौँ उपत्यकामा प्रहरीका ६० वटा युनिट छन् । सबै बिट असुरक्षित रहेकाले प्रहरीलाई फिर्ता बोलाइएको जनाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार ००:००  ९ : ०९ बजे