२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

नेकपा एमालेको सचिवालय बैठक तत्कालका लागि स्थगित



काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक केही दिनका लागि पर सारेको छ । असोज १९ का लागि बोलाइएको सचिवालय बैठक तत्कालका लागि स्थगित भएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले आइतबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित गरिएको बताए । उनका अनुसार अर्को बैठक असोज २४ गतेका लागि बोलाइएको छ ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको थियो । बैठकमा एमालेको आगामी रणनीबारे समेत छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार ००:००  ८ : ५४ बजे