बिर्तामोड-नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका विभिन्न कदम तथा निर्णयले नेपाली समाजमा ‘आतंक र अविश्वास’ सिर्जना गरेको गम्भीर आरोप लगाएको छ ।
आज जारी गरिएको विज्ञप्तिमा, एमालेले आगामी फागुन २१ गतेको निर्वाचनका लागि विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा सरकारले त्यसलाई भत्काउने कार्य गरिरहेको धारणा सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा, युवा पुस्ताले जायज माग राखेर गरेको आन्दोलनमा घुसपैठ हुँदा देशले असाधारण क्षति व्यहोर्नु परेकोमा दुःख व्यक्त गरिएको छ ।
झापा एमालेले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीद्वारा हस्ताक्षरित ६ बुँदे विज्ञप्तिले सरकारका विभिन्न निर्णय र कार्यशैलीमाथि प्रश्न उठाएको छ ।
यस्तो छ एमालेको प्रेस विज्ञप्ति



















