७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने निर्णय



झापा-पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने निर्णय गरेका छन् । जेन-जी आन्दोलनका क्रममा भएको घटनाले आमनागरिक शोकमग्न रहेको र संवेदनशील वातावरणका कारण उनले सार्वजनिक रूपमा टीका लगाउने कार्यक्रम नगर्ने बताएका छन् ।

उनले दसैँको शुभकामना दिँदै भनेका छन्, ‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। त्यसैले पारिवारीक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं । हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं ।’

शाहले नेपाल सधैँ स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार ००:००  १ : १४ बजे