बिर्तामोड-शब्दपत्र डटकम अनलाइन न्यूज पोर्टल सफलतापूर्वक ५ औँ वर्ष प्रवेश गरेको छ । २०७७ सालदेखि सञ्चालनमा आएको शब्दपत्रले २०७८ भदौ १० गते शब्दपत्र प्रकाशन प्रालिको नाममा आधिकारिक कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको थियो ।
स्थानीय समाचार तथा सूचनालाई प्राथमिकता दिँदै आएको शब्दपत्रले विभिन्न आरोह अवरोह पार गर्दै आजदेखि सफलतापूर्वक चौथो बर्ष पूरा गर्दै पाँचौँ वर्ष प्रवेश गरेको छ । शब्दपत्रले प्रत्येक वर्षको घटस्थापनाको अवसर पारेर आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।
शब्दपत्रले सञ्चालकहरु, सल्लाहकार, अग्रज तथा समकालीन पत्रकार मित्रहरु, पाठक वर्ग, विज्ञापनदाता, शुभचिन्तकसहित सम्पूर्णलाई कम्पनीको तर्फबाट हार्दिक धन्यवादसहित आभार गरेको छ ।
यस बर्ष शब्दपत्रले आफ्नो बार्षिकोत्सव अघिल्लो बर्षको भन्दा फरक तरिकाले मनाउने निर्णय गरेको छ । जस अन्तरगत अर्जुनधारा-५ स्थित पानिकलमा रहेको समाजसेवी युवा क्लव परिसरमा ५ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसर पारेर विभिन्न जातका ५ वटा वृक्षारोपण गर्ने शब्दपत्र प्रकाशन प्रालिका अध्यक्ष बालकृष्ण गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीका अनुसार प्रालिले तीन जना सल्लाहकार चयन गरेको र उनीहरुलाई स्थापना दिवसकै अवसरमा प्रमाणपत्रसमेत वितरण गरिनेछ ।



















