१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

प्रधानमन्त्री सुशीला कार्कीद्वारा अस्पताल पुगेर घाइतेहरूसँग भेट



काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न वीर अस्पतालस्थित ट्रमा सेन्टरको भ्रमण गरी ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग भेटघाट गरी उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी थिइन् । सो अवसरमा ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले प्रधानमन्त्रीलाई घाइतेहरूको उपचार अवस्थाबारे जानकारी गराएका थिए ।

डा. रिजालका अनुसार, हाल ट्रमा सेन्टरमा ३६ जना घाइते भर्ना भएका छन्, जसमध्ये ६ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनले दुई जना घाइतेको अवस्था गम्भीर रहेको र केही बिरामीहरूलाई शल्यक्रिया आवश्यक परे पनि गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न सम्भव नभएको जानकारी प्रधानमन्त्रीलाई गराएका छन ।

प्रधानमन्त्रीको यो भ्रमणले घाइतेहरूको मनोबल उच्च बनाउनुका साथै सरकार घाइतेहरूको उपचारप्रति गम्भीर रहेको सन्देश दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार ००:००  ६ : ०७ बजे