१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

झापामा लगाइएको कर्फ्यू हट्यो, जनजीवन सामान्य बन्दै



झापा– जिल्ला प्रशासन कार्यालय झापाले करिब एक सातादेखि जारी निषेधाज्ञा कर्फ्यू हटाएको छ । जेनजीको नेतृत्वमा भएको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर स्थानीय प्रशासनले करिब एक सातादेखि झापामा कर्फ्यू आदेश जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गर्दै, जिल्लामा शान्ति र सुव्यवस्था कायम भई जनजीवन सामान्य बन्दै गएकाले भद्र २८ गतेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यू आदेश हटाइएको जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले स्थिति सामान्य बन्दै गएकाले र जनजीवनलाई सहज बनाउनका लागि कर्फ्यू हटाइएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभर शान्ति र सुव्यवस्था कायम गरी जनजीवनलाई सहज बनाउने कार्यमा आवश्यक सहयोगका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार ००:००  १० : २० बजे