१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

झापामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु



झापा– झापाको बुद्धशान्ति गाउँपालिका-७, सुनमाईस्थित मेची राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ करिब ६ बजे इलामबाट चारआलीतर्फ आउँदै गरेको प्रदेश ३-०२-००७ प ६०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक झापा भद्रपुर नगरपालिका-६, भानुचोक निवासी ५९ वर्षीय राम श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

स्थानीय बासिन्दाले तत्काल उद्धार गरी श्रेष्ठलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । तर, अस्पताल पुर्याएलगत्तै साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठको शव हाल प्रादेशिक अस्पताल भद्रपुरमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार ००:००  ८ : १३ बजे