बिर्तामोड-जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड नगर क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेको छ । सोमबार राति ८:३० बजेदेखि बिहान १० बजेसम्म कर्फ्यु लगाइएको हो ।
कर्फ्युको सीमा पूर्वमा बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा रामचोक, उत्तरमा मानन्दचोक र दक्षिणमा सैनिक मोड तोकिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् । उनले आवतजावत, सभा जुलुस, प्रदर्शन र भेला गर्न निषेध गरिएको जनाएका छन् ।
जेन-जी युवाले सोमबार दिउँसो बिर्तामोडमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा नगरपालिका कार्यालयको मुख्य गेटमा आगो लगाइएको थियो ।
साँझ जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनमा आगजनी गरिएको छ ।



















