१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

जेन-जी युवाको आन्दोलन : छानबिन समिति बनाउने सरकारको निर्णय



काठमाडौँ-सरकारले जेन-जी युवाको प्रदर्शनबाट उत्पन्न घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

१५ दिनको समय सीमा दिएर छानबिन समिति गठन गर्ने निर्णय भएको मन्त्रिपरिषद स्रोतले जनाएको छ । यद्यपि, छानबिन समितिको संयोजक र सदस्यको नाम भने टुङ्गो लाग्न बाँकी छ ।

जेन जी युवाको आन्दोलनमा प्रहरी दमन हुँदा कम्तिमा १९ जनाको ज्यान गएको थियो । घाइतेको सङ्ख्या उल्लेख्य रहेकाले मृत्युको संख्या थपिने सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ००:००  ९ : १४ बजे