१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

जेन जी युवाको प्रदर्शनमाथि सरकारकाे दमन : कम्तीमा १८ जनाको मृत्यु



काठमाडौँ-जेन जी युवाको प्रदर्शनमाथि सरकारले दमन गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । सोमबार साढे छ बजेसम्म १८ जनाले ज्यान गुमाएका हुन् ।

घटनामा २५६ जना घाइते भएका छन् । काठमाडौँमा मात्रै १६ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्द गरिएको विरोधमा काठमाडौँसहित देशका विभिन्न जिल्लामा प्रदर्शन भएको हो ।

झापा, मोरङ, सुनसरी, पोखरा लगायतका जिल्लामा समेत प्रदर्शन भएका छन् । सुनसरीमा गोली लागेर दुई प्रदर्शन कार्यक्रम मृत्यु भएको छ ।

झापाको दमक र बिर्तामोडमा समेत प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुका साथै अश्रु ग्याँस समेत प्रहार गरेको छ ।

शासन व्यवस्थाको विरोधमा युवाहरू स्वतस्फुर्त रुपमा सडकमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ००:००  ६ : ५१ बजे