बिर्तामोड– होटल हिकोला हेरिटेज बिर्तामोडले होटलका म्यानेजर विवेक बराललाई वर्ष उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरेको छ ।
होटलको एघारौँ वार्षिक उत्सवका अवसरमा आयोजित समारोहका बीच म्यानेजर बराललाई उत्कृष्ट कर्मचारीका रूपमा प्रशंसापत्र र नगदसहित सम्मान गरिएको हो ।
वेटरदेखि सेवा प्रवेश गरी म्यानेजरसम्म बढुवा हुँदै गएका बराल लगनशील र मेहनती कर्मचारीका रूपमा रहेकाले नगद ११ हजार १ सय ११ सहित सम्मान गरिएको होटलका सञ्चालक देवीभक्त श्रेष्ठले बताउनु भयो ।
होटलको वार्षिक उत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार हरिनारायण भट्टराईसहित भद्रपुर विमानस्थलका प्रमुख किशोरकुमार खत्री, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराई लगायतले म्यानेजर बराललाई सम्मान गर्नुभएको थियो ।



















