झापा-सरकारले रासायनिक मलको अभाव नभएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।
कृषि मन्त्रालयका अनुसार अहिले २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ । १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ । सरकारले भारत लगायतका देशबाट मल आयात गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी सार्वजनिक अनुरोध गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको यस्तो अपिल सार्वजनिक भएको हो ।
नेपालमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले किसानलाई आवश्यकताका आधारमा रासायनिक मल उपलब्ध गराउँदै आएका छन् ।



















