बिर्तामोड-झापामा दुई अलग-अलग घटनामा दुई जनाको मृत्यु भएको छ । मेचीनगरको पालिया खोलामा डुबेर एक जनाको र करेन्ट लागेर हल्दीबारीमा अर्को जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पालिया खोलामा सनाखत हुन नसकेकी एकजना महिला मृत अवस्थामा फेला परेकी छन् ।
हल्दीबारी ४ मा रहेको मैनाली कागज खरिद बिक्री केन्द्रमा काम गर्ने कुमार अधिकारीको नजिकै रहेको खोल्सामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
अधिकारी संखुवासभाको चैनपुर नगरपालिका २ का स्थायी बासिन्दा हुन् । अधिकारीको शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ ।



















