२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

प्रचण्डका कारण २०६४ को जनमत गुमेको जनार्दनको आरोप



झापा-नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व र कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै सार्वजनिक रूपमा आलोचना गरेका छन् । स्थायी कमिटी बैठकमा उनले अध्यक्षकै कारण पार्टीले २०६४ सालमा प्राप्त गरेको ऐतिहासिक जनमत गुमाएको आरोप लगाए ।

शर्माका अनुसार अध्यक्षमा वैचारिक विचलन आउनु, संघीयता र पहिचानको मुद्दा छाड्नु तथा पार्टीमा संगठनात्मक अराजकता बढ्नुजस्ता कारणले पार्टी कमजोर बनेको हो । उनले यी समस्या समाधान गर्न र पार्टीलाई पुनर्संरचना गर्न ‘विशेष महाधिवेशन’ गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

शर्माले आफू देश र जनताका लागि जुनसुकै त्याग गर्न तयार रहेको तर पार्टीमा देखिएका समस्याको जिम्मा अध्यक्ष प्रचण्डले पनि लिनुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार ००:००  २ : ५९ बजे