ताप्लेजुङ– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एक व्यक्तिले आफ्नै भाइको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।आठराई त्रिवेणी-४ कार्तिकेका २५ वर्षीय सुकविर विश्वकर्माले २२ वर्षीय भाइ रोशन विश्वकर्माको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार, गएराति मदिरा सेवन गरेर घर फर्केका दुई दाजुभाइबीच विवाद चर्किएको थियो । विवादकै क्रममा सुकविरले खुकुरीले पेटमा प्रहार गर्दा रोशनको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्यामा संलग्न सुकविरलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा राखेर थप अनुसन्धान भइरहेको छ ।



















