१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

गोलबजारमा एक व्यक्तिको हत्या



जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय, सिराहाले दिएको जानकारी अनुसार गोलबजार नगरपालिका-३ मा एक व्यक्तिको हत्या भएको छ । मृतक सोही स्थानका ३५ वर्षीय मोतीराम सदा हुन् ।

प्रहरीका अनुसार, बिहीबार राति मोतीरामका भाइ २५ वर्षीय श्याम सदा र उनकी श्रीमतीबीच पारिवारिक विषयमा विवाद भएको थियो । सोही विवाद मिलाउन गएका मोतीराममाथि श्यामले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका मोतीरामको लहानस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनापछि फरार रहेका श्यामलाई प्रहरीले औरही गाउँपालिकाको सीमा क्षेत्रबाट शुक्रबार बिहान पक्राउ गरेको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार ००:००  १० : २६ बजे