बिर्तामोड-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर १ रुपैयाँ घटाइएको हो ।
भारतमा पेट्रोल र डिजेलको मूल्य घटेर आएका कारण नेपालमा पनि मूल्य घटाइएको आयल निगमले जनाएको छ । नयाँ मूल्य सूची मंगलबार रातिदेखि लागू हुनेछ ।



















