काठमाडौँ-मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ सुन्दरीजलका राजन तिमल्सिना १६ वर्षपछि पक्राउ परेका हुन् ।
तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा काम गर्ने पियन कर्मचारीलाई विवाह गर्ने आश्वासन दिएर भारतमा लगेर बेचेको आरोप तिम्सिनामाथि छ ।
पीडित महिलाकी दिदीले दिएको किटानी जारीका आधारमा उनी पक्राउ परेका हुन् । प्रहरीमा जाहेरी परे लगत्तै उनी फरार भएका थिए ।














