२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

व्यवसायी सुवेदीद्वारा वाणिज्य संघको राहत कोषमा १ लाख १५ हजार सहयोग



बिर्तामोड-आफ्नो जन्मदिनलाई सार्थक बनाउँदै बिर्तामोडका प्रतिष्ठित व्यवसायी तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीले ‘व्यवसायी सदस्य राहत कोष’ का लागि १ लाख १५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।

यो सहयोग कोषमा हालसम्म व्यक्तिगतरुपमा प्राप्त भएको सबैभन्दा ठूलो रकम हो । बिर्तामोड-४ मा लामो समयदेखि ‘गणेश किराना स्टोर’ सञ्चालन गर्दै आउनु भएका सुवेदीले उक्त रकम संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई हस्तान्तरण गर्नुभयो ।

व्यवसायीको सुखदुःखमा साथ दिन संघले स्थापना गरेको राहत कोषको अवधारणा उदाहरणीय रहेको भन्दै उहाँले यस कार्यमा योगदान दिन पाउँदा खुसी लागेको बताउनु भयो ।

व्यवसायीलाई दैवी प्रकोप, दुर्घटना वा अन्य कुनै आपतकालीन अवस्थामा आर्थिक राहत प्रदान गर्ने उद्देश्यले स्थापित यस कोषमा २० लाख रुपैयाँ भन्दाबढी रकम जम्मा भइसकेको छ ।

कोषको कार्यविधि समेत तयार भई कार्यान्वयनमा आइसकेको संघले जनाएको छ । सुवेदीको यो योगदानले कोषलाई थप बलियो बनाएको छ ।

यसअघि संघका सदस्य पर्वत कार्कीले कोषका लागि १ लाख ११ हजार रुपैयाँ प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार ००:००  ७ : ५६ बजे