झापा/स्पीक कर्नर डेक्स : सरकारले ललित कला विधातर्फ प्रादेशिक तहमा मूर्तिकलातर्फ कोशी प्रदेशबाट हिम्मत नेम्वाङलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेम्वाङसहित पुरस्कृत हुनेहरूको नाम सार्वजनिक गरेको हो । मूर्तिकार नेम्बाङ झापाको कनकाई नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ द्वारा पुरस्कृत हुने प्रतिभाको नाम मन्त्रालयले सार्वजनिक गरेको हो । भाषा एवं साहित्यतर्फ कोशी प्रदेशबाट बिमला तुम्खेवालाई पुरस्कृत गर्ने सरकारको निर्णय छ ।














