२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

झापा जिल्ला सहकारी संघको पद हस्तान्तरण



बिर्तामोड- झापा जिल्ला सहकारी संघको नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेको छ । बुधवारदेखि समितिले पदभार ग्रहण गरेको हो । अघिल्लो कार्य समितिले पद हस्तान्तरण गरेको छ ।

राष्ट्रिय सहकारी बैँकका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच पद हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष गणेश ढकालले नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद कोइरालालाई पद हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई बिजयी भएको प्रमाणपत्र पनि वितरण गरिएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष महेन्द्रकुमार गिरीलाई सहकारी अभियानमा उत्कृष्ट योगदान गरेवापत सम्मान गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ००:००  ३ : ०९ बजे