१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

संगठित अपराधमा संलग्न भएको अभियोगमा माझी पक्राउ – Speak Corner



जनकपुर-संगठित अपराधमा संलग्न भएको आरोपमा एकजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका २ घर भएका ४० वर्षीय खड्कनारायण माझी छन् । चोरी, डकैती र अपहरण लगायतका अपराधिक घटनामा माझी फरार थिए ।

महोत्तरी र मोरङ प्रहरीको संयुक्त टोलीले माझीलाई पक्राउ गरेको हो । माझीलाई महोत्तरी जिल्ला अदालतको आदेशमा पूर्वपक्षका लागि कारागार चलान डीएसपी नन्दकिशोर प्रसाद चौहानले बताउनुभयो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार ००:००  ९ : १० बजे