काठमाडौँ-ताप्लेजुङको पाथिभरामा केवलकार बनाउने विषयमा विवाद भएपछि सरकारद्वारा गठित वार्ता टोलीले आज आन्दोलनरत पक्षसँग वार्ता गर्दैछ ।
यसअघि सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्ष बीचको वार्ता सकारात्मक प्रक्रियामा अगाडि बढेको थियो । आज ११ बजे पुन वार्ता हुनेछ ।
आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले आफूहरूले तत्कालका लागि तीनवटा विषय अगाडि सारेको बताउनुभयो ।
आन्दोलनरत पक्षले पहिलो शर्तका रूपमा केवलकार निर्माण कार्य तत्कालका लागि स्थगित गर्नुपर्ने माग राखेको छ । पक्राउ परेकालाई रिहा गर्नुपर्ने र घाइतेहरूको उपचार गर्नुपर्ने माग पनि आन्दोलनरत पक्षको छ ।