काठमाडौँ– प्रेस काउन्सिल नेपालमा १ हजार ६६६ अनलाइन सञ्चारमाध्यम सूचीकरण भएका छन् । यो पछिल्लो तीन वर्षको विवरण हो ।
पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चार माध्यम सूचीकृत भइरहेको बताउनुभयो ।
अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता पालनामा जोड दिनुभएको छ । स्वच्छ, मर्यादित र तथ्यपूर्ण पत्रकारिता गर्नुपर्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।














