१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

पाथिभरामा केवलकार : बन्द हड्तालका कार्यक्रम फिर्ता लिन फुङ्लिङ नगरपालिकाको आग्रह



ताप्लेजुङ-ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले बन्द हड्तालका कार्यक्रम फिर्ता लिन सरोकारवालालाई आह्वान गरेको छ ।

नगर प्रमुख अमिर मादेनले प्रेस विज्ञप्ति जारी गरी घोषित बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको हो ।

नगर प्रमुख मादेनले प्रहरीसँगको झडपमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ । प्रहरीसँगको झडपमा दुई दर्जन घाइते भएका थिए ।

पाथिभरामा केवलकार निर्माणको विरोध गर्दै नो केवलकार समूहले मेची राजमार्ग र तमोर करिडोरमा बन्द आह्वान गर्ने निर्णय गरेको थियो ।

बन्दा आह्वानका कारण मङ्गलबार मेची राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार ००:००  ८ : ०८ बजे